२०७८ फाल्गुन २, सोमबार
पूर्व मन्त्री एवं नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रभु साहले रौतहटको फतुवा विजयपुर नगरपालिका–५ विजयपुरमा जनयुद्धका शहीद मनरूप महतो स्मृति भवन तथा शहीद मनरुप स्मृति पार्कको उद्घाटन गरेका छन् ।

एमाले नेता साहले आईतबार छुट्टा– छुट्टै आयोजित कार्यक्रम बीच भवन तथा पार्कको उद्घाटन गरेका हुन । जनयुद्ध दिवसको अवसर पारेर नेता साहले उदघाटन गरे सँगै आइतबार देखि नै उक्त भवन तथा पार्क सञ्चालनमा आएको छ । फतुवा विजयपुर नगरपालिकाको विजयपुरमा स्मृति भवन निर्माण भई सञ्चालन भएको छ भने सोही नगरपालिकाको भैसहीमा पार्क सञ्चालनमा आएको हो ।तत्कालीन विद्रोही नेकपा माओवादीले फागुन १ गते कै दिन जनयुद्ध शुरु गरेको थियो ।

माओवादीले आईतबार २७ औं जनयुद्ध दिवस पनि मनाएको छ । माओवादीको जनयुद्धको क्रममा फतुवा विजयपुर नगरपालिकाको नगर उपप्रमुख कान्ति देवी महतोको श्रीमान मनरुप महतो शहादत प्राप्त गरेका थिए । जनयुद्धमा शहादत प्राप्त गरेका मनरुप महतोको समझनामा एमाले नेता प्रभु साहले उनकै नामबाट स्मृति भवन तथा पार्कको निर्माण गरी उद्घाटन गरेका छन् । फतुवा विजयपुर नगरपालिका र विभिन्न दातृ निकायको सहयोगमा करोडौंको लागतमा निर्माण भएको १४ कोठे दुई तल्ले भवन आईतबारदेखि सर्वसाधारणको विवाह,व्रतबन्ध आदि सार्वजनिक कार्यक्रमकालागि खुला गरिएको छ ।

यसैबीच २७ औं जनयुद्ध दिवसको अवसरमा सोही कार्यक्रममा पूर्व मन्त्री एवं एमाले नेता प्रभु साहले ५१ जना शहीद तथा वेपत्ता भएका परिवारलाई सम्मान गरेका थिए । फतुवा विजयपुर नगर उपप्रमुख कान्ति देवी महतोको अध्यक्षतामा भएको उदघाटन समारोहमा एमालेका केन्द्रीय सदस्य कुन्दन कुशवाहा, एमालेका जिल्ला अध्यक्ष अमर साह, नेता श्री भगवान पटेल, कटहरिया नगर प्रमुख शियाराम कुशवाहा, मौलापुर नगर प्रमुख रीना देवी साह, एमालेका फतुवा विजयपुर नगर कमिटी अध्यक्ष विजय यादव निर्विज लगायतको सहभागिता रहेको थियो ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *