२०७८ फाल्गुन २, सोमबार
सर्लाहीको वाग्मती नगरपालिका–८ सोल्टीमा आगोले जलेर एक जनाको ज्यान गएको छ ।
बिहान घर नजिकैको सडक छेउमा ६६ वर्षीय रामआशिष साहको जलेर ज्यान गएको प्रहरीले जनाएको छ ।
उहाँको शरीरमा आगो लागेको देखेपछि स्थानीय बासिन्दाले बचाउने प्रयास गरे पनि त्यो सफल हुन सकेन । उहाँको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक उमाशंकरप्रसाद यादवले जानकारी दिनुभयो ।
राति घरमै सुतिरहेका साह कसरी सडकमा पुग्नुभयो र आगो लाग्यो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।