२०७८ फागुन ३ गते
डेनिस फुटबलर क्रिस्टिएन एरिक्सन हृदयघात भएको ८ महिनापछि पहिलो पटक फुटबल खेल खेलेका छन् ।
केही समयअघि प्रिमियर लिग क्लब ब्रेन्टफोर्डमा अनुबन्ध भएका ३० वर्षीय मिडफिल्डर साउदर्न युनाइटेड-११ विरुद्ध भएको क्लोज डोर मैत्रीपूर्ण खेल खेलेका हुन् ।
उक्त खेलमा ब्रेन्टफोर्टले साउदर्न युनाईटेडलाई ३-२ ले पराजित गर्दा एरिक्सनले १ घण्टा मैदानमा बिताएको बीबीसीले जनाएको छ ।
एरिक्सनले पछिल्लो पटक २०२१ जुन १२ मा युरोकपमा फिनल्याण्डविरुद्ध प्रतिस्पर्धात्मक खेल खेलेका थिए । उक्त खेलमा हृदयघात भइ मैदानमै ढलेपछि उनलाई सीपीएर दिएर हस्पिटल लगिएको थियो ।
हृदयघात भएपछि उनले मुटुमा इम्प्लान्टेड कार्डियोभेर्टर डेफिब्रिलेटर (आइसिडी) जडान गरिएको छ । जसका कारण इटालीमा उनले फुटबल खेल्न नपाउने भएका कारण इन्टर मिलानले एरिक्सनलाई रिलिज गरेको थियो ।
इन्टर मिलानले रिलिज गरेपछि एरिक्सनले यस सिजनको बाँकी अवधिका लागि गत महिना ब्रेन्टफोर्डमा अनुबन्ध भएका थिए ।

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।