२०७८ फागुन ३ गते
दाङमा टिप्परको ठक्करबाट एकजना महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा राप्ती गाउँपालिका-१ की ३५ वर्षीय डीला पौडेल रहेकी छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनलाई पूर्व-पश्चिम् राज्मार्गअन्तर्गत राप्ती गाउँपालिका-१ पाखापानीमा रा१ख १२८६ नम्बरको टिपरले बिहान ६ बजे ठक्कर दिएको थियो ।
साइकलमा दूध बेच्न भालुवाङ जाँदै गरेकी पौडेललाई टिपरले ठक्कर दिएको हो ।
घटनापछि मृतकका आफन्त र स्थानीयले सडक अवरुद्ध गरेका छन् । पूर्व-पश्चिम् राजमार्ग बन्द भएपछि गाडी सडकमै रोकिएका छन् ।

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।