२०७८ फाल्गुन ३, मंगलवार
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन र नेपाली कांग्रेसले बाँकी रहेका १६ वटा जिल्लामा अधिवेशनको तिथि तोकेपछि नेता कार्यकर्ताहरु तयारीमा जुटेका छन् ।

स्थानीय तहका जनप्रतिनिधका लागि आगामी ३० बैशाखमा निर्वाचन हुँदैछ भने कांग्रेसको जिल्ला अधिवेशन यहि फागुन १३ गते गर्ने तय भएको छ । मधेश प्रदेशको सप्तरीसहित ८ र अन्य प्रदेशका ८ गरी १६ वटा जिल्लामा विवादका कारण कांग्रेसको जिल्ला अधिवेशन हुन सकेको थिएन् । तयारीका क्रममा सोमबार आयोजित छलफलमा पार्टीलाई कसरी विजयी गराउने तथा पार्टी नेतृत्वमा सकेसम्म निर्विवाद रुपमा सक्षम नेतृत्व चयन गर्ने विषयमा वृह्त छलफल गरिएको छ ।

नेपाली कांग्रेस नगर समितिद्वारा पार्टी कार्यालयमा आयोजित उक्त छलफल कार्यक्रममा नेकां क्षेत्र नं. २ का सभापति महानन्द यादवले आगामी स्थानीय तहको निर्वाचनमा पार्टीलाई सम्मानजनक जीत दिलाउन सबै एकढिक्का भइ अघि बढ्नुपर्नेमा जोड दिए । उनले यसकालागि पार्टीको आगामी जिल्ला अधिवेशनमा सकेसम्म निर्विवाद रुपमा सक्षम नेतृत्व चयनको प्रयास गर्ने नभए निर्वाचनबाटै सक्षम र योग्यलाई चयन गर्न सबै तयार हुनुपर्ने अहिलेको आवश्यकता रहेको बताए ।

महाधिवेशन प्रतिनिधि राधेश्याम साहको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रवक्ता प्रभातकुमार ललन, महाधिवेशन प्रतिनिधि रणधीर कर्ण, प्रदिप यादव, नगरसमितिका उपाध्यक्षद्वय अनिल कुमार यादव, प्रमोद कुमार दास, युवानेता सतिशचन्द्र झा, सबिर आजम, घनश्याम साह, भोगेन्द्र चौधरी, उमेश यादव, रामअवतार मण्डल लगायतले कांग्रेसलाई आन्तरिक रुपमा बलियो बनाइ स्थानीय तहको निर्वाचनमा होमिनु पर्नेमा जोड दिए । यता अधिवेशन नजिकिएपछि सभापतिका लागि आधा दर्जनभन्दा बढी आकांक्षीहरुले सक्रियता बढाएका छन् ।

सभापति पदका लागि देउवा पक्षबाट शत्रुधन यादव, भगवती यादव, निर्मला यादव र रामप्रसाद मण्डलले दाबेदारी प्रस्तुत गरेका छन् । संस्थापन इतर पक्षका रामदेव साह, रामकुमार यादव, नारायण चौधरी र नन्दकिशोर यादवले पनि सभापति पदमा दावेदारी दिने बताए । सभापति पदका लागि आकांक्षीको संख्या धेरै देखिएपछि सहमति र सर्वसम्मतिबाट नयाँ नेतृत्वको प्रयास समेत थालिएको तर, अहिलेसम्म सफलता नमिलेको पार्टी प्रवक्ता ललनले जनाए । सर्वसम्मतिबाट नयाँ नेतृत्व चयन गर्न केन्द्रीय सदस्य समेत रहेका वर्तमान जिल्ला सभापति दिनेश यादवको नेतृत्वमा एक समिति समेत गठन गरी प्रयास सुरु गरिएको पार्टीले जनाएको छ ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published.