४ फाल्गुन २०७८
आज सुनचाँदीको मूल्य घटेको छ। लगातार बढेर तोलामा ९६ हजार सात सय रुपैयाँ पुगेको सुन आज तोलामा १६ सय रुपैयाँले घटेर ९५ हजार एक सय रुपैयाँमा झरेको छ। हिजो तोलामा १२ सय र गएको आइतबार १५ सय रुपैयाँले बढेको थियो।
यस्तै नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार ६०० रुपैयाँ कायम भएको छ। तेजावी सुन हिजो प्रतितोला ९६ हजार २०० रुपैयाँ तोकिएको थियो। त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। हिजो तोलामा १३ सय २० रुपैयाँ रहेको चाँदी आज १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।