४ फाल्गुन २०७८
नेकपा माओवादी केन्द्रले अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) नेपाल कम्प्याक्टको विपक्षमा उभिने भएको छ।
आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको दलको बैठकले एमसीसी परियोजनाको विपक्षमा उभिने निर्णय गरेको जनाएको हो।
आज संसद बैठक बस्दैछ। बैठकमा एमसीसी टेबल गर्ने तयारी भएपछि माओवादीले संसदीय दलको बैठकबाट विपक्षमा उभिने निर्णय गरेको हो।

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।