२०७८ फाल्गुन ४, बुधबार
ज्येष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत रौतहटको माधवनारायण नगरपालिकाका नगर प्रमुख विरेन्द्र प्रसाद यादवले ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेका छन् ।

नगर प्रमुख यादवले मंगलबार एक कार्यक्रमको आयोजना गरी नगरपालिकाको वार्ड नम्बर ६ माधोपुरका ७५ वर्ष भन्दा बढी उमेरका १ सय ८० जना ज्येष्ठ नागरिकलाई कम्बल ओढाइ सम्मान गरेका हुन् । नगर भित्रका सबै वडाका ७५ वर्ष भन्दा बढी वृद्ध–वृद्धालाई सम्मान गर्ने अभियान सञ्चालन गरि नगर क्षेत्रका सम्पूर्ण ज्येष्ठ नागरिकहरुलाई कम्बल वितरण गरिने प्रमुख यादवले बताए । माधवनारायण नगरपालिकाको कार्यालय माधोपुरमा आयोजित सम्मान कार्यक्रममा वडा अध्यक्ष राजिव कुमार यादव, जनता समाजवादी पार्टीका नेता हरिनारायण यादव, वडा सदस्य विरविपुल साह, अरुण यादव सहितको उल्लेखनीय सहभागिता रहेको थियो ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *