२०७८ फाल्गुन ४, बुधबार
पूर्वप्रधानमन्त्री नेपालले वर्तमान सरकारले जुनसुकै मूल्यमा निजगढ विमानस्थलको कामलाई तीव्रता दिने बताएका छन् ।

पूर्व प्रधानमन्त्री नेपाल सहितको उच्च स्तरीय टोलीले बाराको टाँगियावस्तीको निरीक्षण गर्ने क्रममा सो कुरा बताएका हुन् । अन्तराष्ट्रिय विमान स्थल निर्माण गर्ने सरकारी योजना रहेको जानकारी दिँदै उनले यहाँको वस्तीको उचित व्यवस्थापन गर्ने विषयमा टोलीले स्थानीयसंग अन्तरक्रिया समेत गरेको छ । सरकारका नागरिक संस्कृति पर्यटन तथा नागरिक उडड् यन मन्त्री प्रेम आले, श्रम तथा रोजगार मन्त्री कृष्ण कुमार श्रेष्ठ, वन मन्त्री रामसहाय यादव,नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, टोलीमा सहभागी थिए ।

यस्तै बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे, मधेश प्रदेशका मन्त्रीहरु, संघीय सांसद, नेता तथा नेपाल सरकारका सचिवहरु सहित करिब ३ दर्जन उच्चपदस्थ टोलीमा सहभागि थिए । नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेलले नेपाली काँग्रेसले अघि सारेको योजना भएकाले कांग्रेसले यसकार्यलाई सफल पार्ने प्रयत्नमा लागेको जानकारी दिए । टाँगियाका जनतालाई उच्च प्राथमिकतामा राखेर स्थानातरण गर्ने विषयमा सरकार गंभीर ढंगले लागेको पर्यटन मन्त्री आलेले बताए ।

यसकार्यको थालनी भइसकेको भन्दै आलेले यसै सरकारले स्थानीयको उचित व्यवस्थापन गर्दै विमान स्थल निर्माणलाई तीव्रता दिने बताए । जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–१६ को सो वस्तीमा १ हजार ४ सय ७६ बढी घरपरिवारमा १२ हजारबढी नागरिकहरु वसोवास गर्दै आएका छन् । यहाँ हालसम्म बत्ति विजुली, टेलीफोन, स्वास्थ्य संस्था र खानेपानीको राम्रो सुविधा छैन ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *