२०७८ फाल्गुन ५, बिहीबार
महोत्तरीको गौशालामा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
स १ च १३९३ नम्बरको एम्वुलेन्सले ठक्कर दिदा गौशाला नगरपालिका ११ बस्ने ३५ बर्षिय तेजलाल महतोको मृत्यु भएको हो । गौशाला नगरपालिका १ रामनगरस्थित एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिजमा काम गरेर साईकलमा घर फर्केने क्रममा ठक्कर दिएको थियो ।
बुधवार राति ९ बजे रामनगरबाट गौशालातर्फ जाँदै गरेको समयमा पछाडिबाट आएको एम्वुलेन्सले ठक्कर दिदा महतो घाईते भएका थिए । तत्काल उपचारको लागि जनकपुर लाने क्रममा उनको वाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने एम्वुलेन्स र चालक सर्लाहीकोऊ वरहथवा नगरपालिका ९ घर भएका ३४ बर्षिय रामविहारी महतोलाई महोत्तरी प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।