२०७८ फागुन ६ गते
नेपाली कांग्रेस बाहेकका सत्ता गठबन्धनका नेताहरुबीच आज बिहान छलफल भएको छ ।
माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरु आज बिहान प्रचण्ड निवास खुमलटारमा भेला भएर छलफल गरेका हुन् । सत्ता गठबन्धनको बैठक बस्नुअघि नेताहरुले साझा धारणा बनाउन छलफल गरेका हुन् ।
बैठकबाट बाहिरिने क्रममा नेताहरुले कुनै प्रतिक्रिया दिएनन् ।
बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेता नारयणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, झलनाथ खनाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र अशोक कुमार राई सहभागी थिए ।

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।