२०७८ फागुन ६ गते
काठमाडौंको कीर्तिपुर नगरपालिका-६ पाण्डेछापका दुई जना आफ्नै बुवाको हत्या आरोपमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मृतकका माहिलो छोरा ४५ वर्षीय शंकर महर्जन र ४० वर्षीय कान्छो छोरा कृष्ण महर्जन रहेका छन् ।

उनीहरुले आफ्नो बुवालाई बिहीबार साँझ साढे ५ बजे प्रेसर कुकर र लोहोरोले टाउकोमा हानेर हत्या गरेको कीर्तिपुर प्रहरीले जनाएको छ ।

उनीहरुमाथि ज्यान सम्बन्धी कसूरमा प्रहरी वृत्त कीर्तिपुरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *