२०७८ फाल्गुन ६, शुक्रबार
नेपाली बजारमा आज प्रतितोला सुनको मूल्य ४०० रुपैयाँमा बढेको छ ।
बिहीबार प्रतितोला ९६ हजार १०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य आज (शुक्रबार) ९६ हजार ५०० रुपैयाँ पुगेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्यसूचीअनुसार आज तेजाबी सुन प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार हुनेछ । बिहीबार यो गुणस्तरको सुनको मूल्य ९५ हजार ६०० रुपैयाँ तोकिएको थियो । यसैगरी, चाँदीको मूल्य पनि आज १० रुपैयाँले बढेको छ । हिजो प्रतितोला १२९५ रुपैयाँ रहेको चाँदीको मूल्य आज १३०५ रुपैयाँ तोकिएको छ ।

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।