२०७८ फाल्गुन ८, आईतवार
जानकी फाइनान्स कम्पनी सञ्चालक समितिका अध्यक्ष अमरनाथ गुप्ताले बहुमतलाई उपेक्षा गर्दै तानाशाही प्रवृति देखाएपछि सधारणसभा बिथोलिएको छ ।

पूर्व निर्धारित कार्यतालिका अनुसार शनिबार सधारणसभाका लागि शेयरधनी र संस्थापकहरु पुगेपनि उपस्थिति पुस्तिकामा हाजिर नगर्दा कोरम(गणपुरक संख्या) नपुगेर सभा नै स्थगित गरिएको छ । सधारण सभाका लागि चाहिने भन्दा बढी सदस्यहरुको उपस्थिति रहे पनि अध्यक्ष गुप्ताको मनपरीको कारण सदस्यहरुले उपस्थितिमा रजिष्टरमा हाजिर नगरी सभालाई नै बिथोलेका छन् ।

सधारण सभा अगावै सञ्चालक समितिको चुनावी प्रक्रिया थालिएको जानकी फाइनान्स कम्पनीमा सधारण सभाले अनुमोदन नगरेसँगै अपनाइएका सबै चुनावी प्रक्रिया स्वतःबदर भएको कानून व्यवसायीहरुको तर्क छ । फेरि हुने सधारण सभा सम्मका लागि हाल कायम रहेको सञ्चालक समिति नै निरन्तर रहने बताइएको छ ।बहुमतबाट अध्यक्ष गुप्तालाई हटाउन समेत सकिने जानकारहरु बताउँछन् । कम्पनीको चलन अनुसार पहिले सधारण सभा गरेपछि मात्र चुनावी प्रक्रिया हुने गरेको थियो । तर यस पटक अध्यक्षमा दोहरिन गुप्ताले धाँधली पूर्ण ढंगले चुनावी प्रक्रियालाइ अगाडि बढाउन खोजेका थिए । चार सदस्यीय सञ्चालक समितिमा अध्यक्ष गुप्ता एक्लै छन् ।

अन्य तीन जना सञ्चालक सदस्यहरु रघुनाथ प्रसाद साह, अशोक जलान र दिपनारायण साह एक जुट छन् । तर बहुमतलाई वेवास्तागर्दै गुप्ताले एकलौटी ढंगले बैठकको विना निर्णय कम्पनीबाट उनी स्वयं अध्यक्ष रहेका गायत्री परिवारलाई दुई लाख लगायत अन्य केही संघसंस्थाहरुको भोज भतेरमा खर्च गरेको आरोप छ । गुप्ताले गरेको जोखिमपूर्ण लगानीका कारण कम्पनी नै धराशायी हुने अवस्थामा पुगेको छ । एकजना ऋणी कुशेश्वर साह(कुशे) कुनै कारणवस डिफोल्डर भए कम्पनी डुब्ने अवस्थामा जान सक्ने उच्च जोखिम छ ।साह नेपाल बंगलादेश बैंकको ऋण असुली गर्ने लिलामी प्रक्रियाको सूचीमा रहेका छन् ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *