२०७८ फाल्गुन ८, आईतवार
उच्च अदालतका न्यायाधीश हरि प्रसाद बाग्लेले अनौपचारिक सेवा केन्द्रद्वारा प्रकाशित नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ सार्वजनिक गरेका छन् ।

शनिबार जनकपुरधाममा आयोजित एक कार्यक्रमबीच पुस्तक सार्वजनिक गर्दै उनले मानव अधिकारको क्षेत्रमा नेपाल सरकारले गर्ने काम भन्दा पनि इन्सेकले गर्दै आएको काम सराहनीय रहेको बताए । इन्सेकले मानव अधिकारको विषयलाई दस्तावेजीकरण गर्दै आएकाले आगामी दिनमा समेत यसले निरन्तरता पाउने विश्वास उनले व्यक्त गरे ।

पुस्तकमा प्रदेशका प्रमुख सरोकारका विषय, कोभिड १९ को संक्रमण र मानव अधिकारको अवस्था, बाल अधिकार, महिला अधिकार, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार लगायतका विषयमा तथ्याक संकलन छ । तथ्यांक अनुसार मधेश प्रदेशमा सन् २०२१ मा मानव अधिकार उल्लंघन र ज्यादतीका घटनामा ७ हजार ५८ घटना भएकोमा अपहरणका घटना २४ वटा , गिरफ्तारी घटनामा तीन जना, महिला अधिकार उल्लंघनका घटनामा २ सय २८वटा, बाल अधिकार उल्लंघनका घटनामा २ सय २३ जना पीडित छन् ।

कार्यक्रममा प्रदेशसभा सांसद मञ्जु यादव, सशस्त्र प्रहरीको एसएसपी विष्णु प्रसाद भट्ट , नेपाल वार एशोसिएशन जनकपुरका अध्यक्ष किशोरी साह, इन्सेक धनुषाका प्रतिनिधि दिपेन्द्र प्रसाद सिंह , महिला मानवअधिकार रक्षक संजाल धनुषा अध्यक्ष रेखा झा, राष्ट्रिय मानवअधिकार आयोग अधिकृत मनमाया राणा मगर, एडभोकेसी फोरम प्रदेश सँयोजक राजकुमार महासेठ लगायतकाले आ– आफ्नो मनतव्य राखेका थिए ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published.