२०७८ फागुन ८ गते
सत्तारुढ चार दलका शीर्ष नेताहरुले अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनका लागि संसदमा टेबल गर्न सहमति जनाएका छन् । बालुवाटारमा आइतबार बिहान बसेको बैठकमा एमसीसी टेबल गर्ने सहमति भएको हो ।

यो निर्णय गर्ने बैठकमा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई भने बोलाइएको थिएन । ‘आजको बैठकमा हामीलाई बोलाइएन’ नेता श्रेष्ठले भने ।

दुबै नेता एमसीसी संसदमा टेबुल गर्न नहुने अडानमा थिए । माओवादी केन्द्रका नेता श्रेष्ठ त एमसीसीको विरोधमा माओवादी भ्रातृ संगठनले गरेको प्रदर्शनमै सहभागी भएका थिए ।

शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव मात्र सहभागी थिए ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published.