१० फाल्गुन २०७८
प्रदेश १ को प्रदेशसभा बैठक फागुन १५ गते बस्ने भएको छ। प्रदेश सभा सचिवालयले सूचना जारी गरी प्रदेश १ को प्रदेशसभा बैठक फागुन १५ गते दिउँसो १ बजे बस्ने जानकारी दिएको हो।

प्रदेश १ को प्रदेशसभा बैठक मंसिर १ गते अनिश्चित कालका लागि स्थगित गरिएको थियो। प्रदेशसभा बैठक स्थगित भएको अढाइ महिना पछि बैठक राख्न लागिएको हो। प्रदेशसभार बैठक नराखेर सरकारले जनताको थलोलाई खुम्च्याउन खोजेर प्रदेशसभालाई अनिर्णयको बन्दी बनाएको भन्दै प्रमुख प्रतिपक्षी एमालेले अलोचना गर्दै आएको थियो।

यहि हिउँदे अधिवेशनबाट प्रदेश १ को नामाकरण टुंगो लगाउने प्रदेश सरकारको तयारी छ। प्रदेशको नामाकरणका विषयमा छलफल गर्न प्रदेश सरकारले आज दिउँसो मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सर्वदलिय बैठक वोलाएको छ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *