२०७८ फाल्गुन १०, मंगलवार
समुद्री तलबाट ५९ मिटरको उचाइमा रहेको मुलुककै सबभन्दा होचो स्थान धनुषाको मुखियापट्टी मुसहरनियाँ गाउंपालिका–२मा भ्यु टावर निर्माण हुने भएको छ ।

मधेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको सात करोडको लागतमा निर्माण हुने भ्युटावर निर्माण स्थलको सोमबार निरीक्षण भ्रमण गरिएको छ । भौत्तिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवको नेतृत्वको टोलीले निर्माण स्थलको निरीक्षण भ्रमण गरेका हुन् । टोलीमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधि,शहरी विकास तथा भवन निर्माण प्रदेश कार्यालय जनकपुरधामका डिई विनोद कुमार यादव,नेकां मधेश प्रदेश सदस्य जीवनाथ चौधरी सहितका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले भ्युटावर ,पिकनिक स्पोट तथा पोखरी सौन्दर्यीकरण गरी देशकै होचो स्थानलाई विश्वमाझ चिनाउन सकिने भएकोले यथाशीघ्र काम अगाडि बढाइने मन्त्री यादवले बताए । करिब १० कठ्ठाको क्षेत्रफलमा पोखरी सौन्दर्यीकरण ,भ्युटावर तथा पिकनिक स्पोटको निर्माण हुने आयोजनाको लागि मधेश प्रदेश सरकारले सात करोड रकम छुट्याएको जानकारी समेत मन्त्री यादवले दिए ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *