२०७८ फाल्गुन १०, मंगलवार
सर्लाही जिल्लाको लालबन्दी नगरपालिका– ९ वस्तीपुरका अति विपन्न सदा परिवारलाई राहत स्वरुप चामल वितरण गरिएको छ।

नेपाली कांग्रेस मधेस प्रदेश समितिका सदस्य ध्रुव रिजालको अग्रसरतामा सोमबार एक कार्याक्रमको आयोजना गरी राहत वितरण गरिएको हो । कार्यक्रमबीच मधेश प्रदेश सरकारका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंहले वस्तीपुरका १ सय ५३ परिवारलाई चामल प्रदान गरेका थिए । लालबन्दी नपा–५ रन्जितपुरका स्थानीय बासी समेत रहेका रिजालले प्रति परिवार २० किलोको एक–एक बोरा चामल वितरण गरेका हुन् ।

कार्यक्रममा मन्त्री सिंहले विपन्न र गरिबलाई माया गर्ने एक मात्रै पार्टी कांग्रेस मात्रै भएकोले आगामी निर्वाचनमा कांग्रेसलाई मतदान गरेर विजयी गराउन आग्रह गरे । उनले ४ वर्ष अघि बामपंथीहरूको भुलभुलैयामा परेर जनताले उनिहरूलाई दिएको बहुमत त्यसै खेर गएको टिप्पणी समेत गरे । उनले आसन्न स्थानीय तह लगायतका चुनावमा जनताले विचार गरेर मात्र मतदान गर्नुपर्ने र कांग्रेसलाई पहिलो पार्टी बनाउनुपर्ने जिकिर गरे । केही दिन अघि कांग्रेस नेता रिजालले आफ्नै गाउँ लालबन्दी नपा–५ मा चिसो प्रभावित परिवारलाई कम्बल वितरण गरेका थिए ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *