२०७८ फागुन १२ गते
धनुषामा मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका एक युवकलाई अस्पताल नलगी घर लैजाँदा मृत्यु भएको खुलेको छ ।

जनकपुरधाम उपमहानगरपालिका-१२ कुँवा निवासी ३० बर्षीय सन्दीप यादवको उपचार अभावमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफ्ना साथीसँग घर जाँदै गर्दा बुधबार राति उनी सवार मोटरसाइकल दुर्घटना भएको थियो । मोटरसाइकलको पछाडि बसेका उनी गम्भीर घाइते भएका थिए । उनलाई अस्पताल पुर्‍याउनुपर्नेमा मोटरसाइकल चालकले घरमै लगेर राखिदिएको पाइएको धनुषा प्रहरीका प्रबक्ता एवं डीएसपी जितेन्द्र बस्नेतले बताए ।

‘तीन जना सवार भएको मोटरसाइकल आफैं दुर्घटना हुँदा यादव गम्भीर घाइते भएका रहेछन्’ डीएसपी बस्नेतले भने, ‘अस्पताल पुर्‍याउनुपर्नेमा घरको बरण्डामा लगेर छोडिदिएका रहेछन् ।’

राति ११ बजेतिर उनलाई घरमा लगेर छाडिदिँदा घरका अन्य व्यक्ति सुतिसकेका थिए । राति १ बजेतिर घरका सदस्य उठेपछि सन्दीपलाई घाइते अवस्थामा देखेका थिए । त्यसपछि उनलाई बिहान जनकपुरधामस्थित प्रादेशिक अस्पताल ल्याएपछि चिकित्सकले मृत घोषणा गरेको डीएसपी बस्नेतले जानकारी दिए ।

घाइते भएका सन्दीपलाई घरमा लगेर छाडिदिने मोटरसाइकल धनीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *