१२ फाल्गुन २०७८
युक्रेनमाथि वृहत रुसी हमला हुन सक्ने संकेत देखिएका छन्। युक्रेनका एक सरकारी अधिकारीले अहिलेसम्म रुसी सैन्य कारबाहीको वृहत संकेत देखिएको बताएको बीबीसीले जनाएको छ।
ती अधिकारीका अनुसार बिहीबार बिहान राजधानी किभमा क्रुज मिसाइल प्रहार भएको छ भने देशको दक्षिणी भाग ओडेसामा सेनाको गतिबिधि बढ्दो छ।
रुसी सिमानाबाट करिब २५ माइल टाढा रहेको खार्किभमा पनि रुसी फौज पुगेको बताइएको छ। रुसी आक्रमण ठूलो हुने प्रारम्भिक दृश्यहरुले संकेत गरेको साक्षी र सरकारी अधिकारीहरुले बताएको प्राप्त विवरणहरुमा जनाइएको छ।
केही मिसाइलहरुले युक्रेनी सेनाको मिसाइल कमान्ड सेन्टर र किभस्थित हेडक्वार्टरमा हमला गरेको त्यहाँको रक्षा मन्त्रालयलाई उदृत गर्दै स्थानीय सञ्चार माध्यमहरुले जनाएका विवरणहरु पनि आएका छन्। तथापि, यसको कुनै पक्षले पुष्टि गरेका छैन्।
युक्रेनी सहरमा हमला भएको विवरणलाई रुसी रक्षा मन्त्रालयले अस्वीकार गरेको छ। युक्रनका सैन्य पूर्वाधार, हवाई रक्षा र ‘मूल्यवान हतियार’ युक्त हवाई फौजलाई निशाना बनाएको मस्कोले जनाएको छ।

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।