२०७८ फाल्गुन १२, बिहीबार
नेपाली कांग्रेस रौतहटको १४ औ जिल्ला अधिवेशनको लागि नेताहरु कार्यकर्ताहरुले तयारी तीव्र पारेका छन् ।

सस्थापन पक्ष र कोइरालापक्षका उमेदवारहरुले आ–आफ्नो पक्षमा लविंग गर्दै कार्यकर्त रिझाउन व्यस्त देखिएका छन् । फाल्गुन १५ मा हुने १६ जिल्लाको जिल्ला अधिबेशनको लागि दुई पक्षबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । दुवै पक्षले आफ्ना उम्मेदवार जिल्ला सभापतिमा निर्वाचित हुने दाबी गर्दै जिल्ला प्रतिनिधिहरुलाई आफ्नो पक्षमा जुटाउन कम्मर कसेर लागेका छन् ।

शेखर कोइराला पक्षका जिल्ला सभापति पदका उम्मेदवार हृदय नारायण यादवले आफ्नो प्यानलनर्वाचित हुने दाबी गरेका छन् । रौतहटका परोहा नगरपालिकाका मेयर शेख वकिल , राजपुर नगरपालिकाका मेयर शेख सकिल अख्तर , वृन्दावन नगरपालिकाका नगर प्रमुख राम स्नेही यादव र निलम्वित सांसद मोहमद आफताव आलम लगायतका नेतासहितकासमर्थकहरुको सहयोग समर्थन रहेका कारण कोइराला पक्ष बलियो रहेको देखिन्छ ।

कोइराला पक्षबाट उपसभापतिमा सांसद आलमको भाई मोहमद महताव आलम , सचिवमा रामचन्द्र गिरि उम्मेदवार भएको जिल्ला सभापतिका उम्मेदवार यादवले बताए । एउटा उपसभापति ,एउटा सचिव र २ जना सह सचिवको छनोट गर्न बाँकि रहेको छ । फाल्गुन १५ मा हुने जिल्ला अधिवेशनमा १ सभापति २ उपसभापति २ सचिव र २ सह सचिव गरी ७ पदमा निर्वाचन हुने जिल्ला सभापतिको प्रत्यासी यादवले बताए ।

सस्थापन पक्ष तथा मधेश प्रदेश सभापति कृष्ण प्रसाद यादवको समर्थनमा जिल्ला सभापतिको पदमा जितेन्द्र यादव रहेका छन् । प्रदेश सभापति समूहले जिल्ला अधिवेशनबाट आफ्नो समूह नै निर्वाचित हुने दाबी गर्दै आएका छन् । कृष्णा यादवको सम्धी नातामा हृदय नारायण यादव पर्ने भएकोले निर्वाचनमा सम्धी सम्धी बीचको प्रतिस्पर्धा रहेको टिप्पणी हुने गरेका छन् ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published.