१४ असार २०७८/रौतहट
आज गौरमा नेकपा एमालेको कार्यकर्ता भेटघाट कार्यक्रममा प्रमुख अतिथि पुर्व मन्त्री मा. प्रभु साहको उपस्थितिमा विभिन्न पार्टी परित्याग गरी सैकडौं कार्यकर्ता एमालेमा प्रवेश भएका छन्। गौर नगरपालिकाको नगर प्रमुख पदको प्रत्यासी अनिल मिश्रको विशेष पहलमा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि पुर्व मन्त्री साह संगै संविधान सभा सदस्य मा. बबन सिंह,ईशनाथ नगर प्रमुख संतोष मेहता, एमाले नेता राजकिशोर यादव, राजदेवी नगर उपप्रमुख अंशु सिंह सहित सैकडौ कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागी भएका थिए।सो अवसरमा गौर नगरपालिकाको युवा नेता अमित ठाकुरको अगुवाइमा सैकडो कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका हुन्। सो अवसरमा बोल्दै प्रमुख अतिथि पुर्व मन्त्री साहले पार्टीलाई बलियो बनाउन सबै मिलेर अगाडि बढ्नुपर्छ भन्ने विषयमा आफ्नो विचार प्रस्तुत गरेका छन्। देशको बिकास एमालेका अध्यक्ष केपी शर्मा ओलीले मात्र गर्न सक्छन् भन्ने विषयमा प्रमुख अतिथि पुर्व मन्त्री साहको वक्तव्य निर्भर थियो।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *