२०७८ फागुन १६ गते
विवेकशील साझा पार्टीले एमसीसी कम्प्याक्ट सम्झौता राष्ट्र हितलाई मध्यनजर राखेर नभइ निहीत राजनीतिक स्वार्थले पारित भएको टिप्पणी गरेको छ ।

सोमबार पार्टीले विज्ञप्ति जारी गर्दै एमसीसी कम्प्याक्ट सम्झौता चरम सत्ता दाउपेचको विषय बनाउँदै व्याख्यात्मक टिप्पणीको लेपन लगाएर अनुमोदन गरिएको टिप्पणी गरेको हो ।

अब एमसीसीमाथि थप राजनीति गर्न नहुने पार्टीले जनाएको छ । विज्ञप्तिमा भनिउको छ, ‘…अबका दिनहरूमा एमसीसीमाथि थप राजनीति गर्नु भनेको बढ्दो रूपमा संवेदनशील बन्दै गएको नेपालको भूराजनीतिक जटिलतालाई अझ बल्झाउनु हो। त्यस्तो काम अब कसैबाट पनि हुनु हुँदैन।’

यस्तै चीन र अमेरिकाको अस्वाभाविक सक्रियता बढेर एमसीसी पेचिलो भूराजनीतिक मुद्दा बन्न पुग्नु मुलुकका लागि शुभ संकेत नभएको पार्टीले जनाएको छ ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *