१६ फाल्गुन २०७८
छत्रेश्वरी गाउँपालिका-७ का उच्चभागमा रहेका आधा दर्जन गाउँहरुमा चरम खानेपानीको समस्याले गाउँ नै छोडका स्थानीयहरु अहिले गाउँ फर्कने क्रम बढीरहेको छ।

स्थानीयहरु खानेपानीको अभावमा सल्यानको शंखमुल र शारदा खोला आसपासका फाँटहरुमा गाउँ छोडेर सुविधाको खोजीमा झन्ने परम्परा नै थियो। खानेपानीको अभावमा गाउँका धेरै परिवार फेदीतिर झर्दा गाउँका घरहरु रित्तो थिए।

मुल टाढा हुँदा एक पटक पानी ल्याउन करिव दुई घण्टा लाग्ने गरेको र पानीकै लागि एक जना फुल टाईम ध्यान दिनुपर्ने हुनु थालेपछि स्थानीयहरु विस्थापित भएर तलतल शारदा नदिको फाँटमा बसाई सर्ने गरे। पानीकै कारण बसाई सार्ने मध्ये एक हुन साङकोटकै ६० वर्षीया डिलाराम खड्का। ७ वर्षअघि खानेपानीकै पिरलोले आफूहरु शंखमुलतिर उनी बसाई सरेको हुन्।

जनप्रतिनिधिहरु निर्वाचित भईसकेपछि गाउँमा धारा चल्न थालेको र लिफ्ट मार्फत गाउँमा खानेपानीको योजना आउन थालेको खवर पाएपछि आफू गाउँमा आउजाउ गर्न थालेको स्थानीय डिलारामले बताए। ‘विकासबाट गाउँ शुन्य थियो। पानी खान दुःख भएर शंखमुल झर्‍यौं।’ स्थानीय डिलारामले भने, अहिले सडक, विद्युत, विद्यालय, स्वास्थ्य र खानेपानी जस्ता जनतालाई नभई नहुने पूर्वाधारहरु धमाधम बनीरहेकाले गाउँ फर्कन तर्फ मन उत्प्रेरण भएको छ।’

लिफ्टमार्फत ठूलो खानेपानी योजना मार्फत पनि घरघरमा धारा जोड्ने कार्य अन्तिम चरणमा पुगेकाले काकाकुल साङकोटका स्थानीय नागरिकहरु खुसी छाएको छ। ‘स्थानीय सरकार आएपछि गाउँको समस्या बुझेर छिटो विकास हुँदो रैछ।’ डिलारामले भने, गाउँमै सुविधा भए, परिवारमा बसाई बाँडिनेछ।’ त्यस्तै छत्रेश्वरी गाउँपालिका –७ की २५ वर्षीया कविता खड्का प्राय घर ब्यवहारकै कामले फुर्सद हुँदैन्। विशेषत खानेपानीको जोहो गर्न उनलाई हम्मेहम्मे हुन्छ। गाउँमै पानी भएपछि जाउआउ १ घण्टा बढी एक गाह्रो पानीमै कविताको समय खर्च जान्छ। पहिले त पानीको मुहान निकै टाढा थियो। धन्नै दुई घण्टा पानी ल्याउनै लाग्थ्यो।

त्यही पानीको पिरोलोले कविताको छिमेकीहरु विस्थापित हुनुपर्‍यो। कविता दुःख सहेरै गाउँमा बसेकी छिन्। गाउँबाट धेरै परिवार पानीकै समस्या खेप्न नसकेर विस्थापित हुनुपरेको कविता बताउँछिन्। ‘विहानै पालो कुर्नुपर्ने दुःख उस्तै थियो।’ उनी भन्छिन्ः अँझ दिदिबहिनीसंग पालोको लागि दिनहुँजस्तो झगडाले आर्जित थियौं।’ कविताका अनुसार जनप्रतिनिधि आएपछि गाउँको विचविचमा पुरानो मुहान सुधार गरेर धारा ल्याएपछि केही हतसम्म सहज भएको हो।

यतिका वर्ष दुःख गरेर बसेका आफुहरुका लागि अव, गाउँमा विकास भईरहेको देख्न पाउँदा खुसीको अनुभुती भईरहेको कविता बताउँछिन्। ‘पहिले धेरै टाढा पानीका लागि जानुपथ्यो।‘ कविता भन्छिन्ः स्थानीय चुनावपछि जनप्रतिनिधिहरुले पुरानो खानेपानी योजना मर्मत गरेर गाउँविचमा पानी चलाएका छन्। नयाँ योजना चलेपछि पानीको अभाव विर्सने छौं।’ छत्रेश्वरी गाउँपालिकाले ३ करोड २९ लाख लागतमा टेण्डर गरेर पन्नेताल खानेपानी योजना मार्फत पानीकै कारण विस्थापित स्थानीयहरुलाई गाउँमै रोक्न महत्वपूर्ण कडी हुनेछ। कोभिडका कारण काम रोकिएको खानेपानी योजनाले १ महिनाभित्रै सुख्खा गाउँहरुमा खानेपानी सुविधा दिनेछ।

वितरण शाखा, टंकी र लिफ्टको आवश्यक पूर्वाधार तयारी रहेकोले महिनादिनभित्रै गाउँमा खानेपानी पुर्‍याउने महत्वकांक्षी योजनामा वडा कार्यालय लागिपरेको वडाअध्यक्ष मेघराज भण्डारीले बताए। ‘खानेपानी नहुँदा धेरै परिवार विस्थापित भए।’ वडाअध्यक्ष भण्डारीले भने, अब गाउँमा खानेपानीका योजनाहरुदेखि अन्य पूर्वाधारहरु धमाधम बनिसकेकाले गाउँ सवैको प्रिय छ।’ वडा नम्बर ७ मा खानेपानी अभाव झेलिरहेका साङकोट, जिताथान, रामी, रावत गाउँ, वतती, ङगीगाउँका ७ सय घरधुरी प्रभावित हुनेछन्।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *