१६ फाल्गुन २०७८
नेपालगन्जको वीपी चोकबाट ८ जना बन्दकर्ता पक्राउ परेका छन्। बन्दकर्ताले सवारी साधन तोडफोड र सडकमा टायर बाल्न थालेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम डिएसपी मधुसुदन न्यौपानेले बताए।
पक्राउ पर्नेमा अधिकांस नेत्र विक्रम चन्द विप्लव निकट कार्यकर्ता रहेको उनले जानकारी दिए। संसदबाट एमसिसी पारित भएको विरोधमा सोमबार विभिन्न ८ दलले नेपाल बन्द आब्हान गरेका हुन्। बन्दका कारण बाँकेमा यातायात, शिक्षण संस्था, उद्योग, ब्यवसाय लगायत ठप्प छन्।
बन्दको प्रभाव बाँकेमा पनि प्रभाव परेको प्रहरीले जनाएको छ। पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको छ। ‘पक्राउ परेका सबै जिप्रकामा हुनुहुन्छ, पाँच बजेपछि उहाँहरुलाई स–सम्मान छाड्छौं,’ डिएसपी न्यौपानेले भने।

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।