२०७८ फाल्गुन १९,
मधेश प्रदेशको विभिन्न जिल्लाबाट प्रहरीले प्रतिबन्धित लागुऔषध गाँजा सहित पाँच जनालाई पक्राउ गरेको छ भने ४ हजार १ सय गाँजाको बोट नष्ट गरेको छ ।

सो क्रममा प्रतिबन्धित लागुऔषध गाँजासहित सर्लाही प्रहरीले तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।मलंगवा नगरपालिका– ८मा रहेको गोरखकाली प्रहरी चौकीबाट खटेको प्रहरी टोलीले मंगलबार दिउँसो १२ बजे चेकजाँच गर्ने क्रममा नेपालबाट भारततर्फ जाँदै गरेको ना २ ह १५६७ नम्बरको टेम्पुमा सवार भारतको सितामढी जिल्ला ग्राम पञ्चायत राजा परसौनी–१ का २३ वर्षीय मो.साकिर, सोही ठाउँका वडा न–९ का ३५ वर्षीय नुर मोहम्मद राई र शिवहर जिल्ला्राम पञ्चायत सलिमपुर–१३ का २० वर्षीइ मो.नसु आलमलाई गाँजा सहित पक्राउ गरेको छ ।

उनीहरुको साथबाट प्रहरीले १० किलो लागुऔषध गाँजा बरामद गरेको छ । मंगलबार पक्राउ परेकाहरुलाई बुधबार जिल्ला प्रहरी कार्यालय सर्लाहीमा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरिएको छ । पक्राउ तीनै जनालाई जिप्रका मलंगवाको हिरासतमा राखेर अनुसंधान भइरहेको सूचना अधिकारी जटाशंकर यादवले जनाए । उनीहरुमाथि लागुऔषध नियन्त्रण ऐन अन्र्तगत मुद्दा चलाइने भएको छ भने जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान जारी रहेको जनाइएको छ । य स ै ग र ी महोत्तरी प्रहरीले जिल्लाको एकडारा गाउंपालिका–३ अजमरपट्टीमा अवैध रुपमा लगाइएको गाँजा खेती नष्ट गरेको छ ।

स्थानीय गंगा मण्डल, चेतन मण्डल, श्यामसुन्दर मण्डल, दिनेश मण्डल, नागेन्द्र मण्डल र गणेश मण्डलले आफ्नै खेतमाअवैध रुपमा गाँजा खेती गरेको सूचनाको आधारमा प्रहरीले गाँजा खेती बुधबार नष्ट पारेको हो । जिल्ला प्रहरी कार्यालय महोत्तरी तथा प्रहरी चौकि नैन्हीबाट खटेको संयुक्त प्रहरी टोलीले ११ जनाको अनुमानित ८ कठ्ठा खेतमा लगाएको ४ हजार १ सय गाँजाको बोट फडानी गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । गाँजालगाउने किसानहरु फरार रहेको र उनीहरुको खोज तलाश जारी रहेको जनाइएको छ ।

त्यस्तै गाँजा बिक्री गर्दै आएको आरोपमा धनुषा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ दुधमती चोकबाट सोही ठाउँका १९ वर्षीय अरुण कुमार साहलाई गाँजा बिक्री गरिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले दिएको जानकारी अनुसार फलफुल पसलमा प्रतिबन्धित लागु औषध गाँजा बिक्री बितरण हुने गरेको गोप्य सूचनाको अधारमा बुधबार उनलाई पक्राउ गरिएको हो । प्रहरीले डिस्पोजल झोला भित्र कागजको पुरिया बनाई बिक्री वितरण गर्न तयारी अवस्थामा राखिएको गाँजाको १३ वटा पुरिया बरामद गरेको जनाएको छ ।

साहलाई नियन्त्रणमा लिइ घटना सम्बन्धमा अनुसन्धान जारी रहेको छ भने लागु औषध नियन्त्रण ऐन अनुसार पहिलो पटक ७ दिनको म्याद थप गराइएको छ । यसै गरी धनुषा जिल्लाको सबैला बाट प्रहरीले गाँजा बिक्री गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । बुधबार ईलाका प्रहरी कार्यालय सवैला धनुषाबाट गस्तिमा खटेको प्रहरी टोलीले सवैला नगरपालिका– ९ कुसमाहा सतोषरका रामलखन कापरको ३० वर्षीय छोरा लालबाबु कापरलाई चेक जाँचको क्रममा पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले ६ सय ग्राम गाँजा बरामद गरेको जिप्रका धनुषाले जनाएको छ ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published.