२०७८ फाल्गुन १९,
नेपाली कांग्रेसको पर्सा जिल्लाको सभापतिका लागि दुई जना बीच प्रतिस्पर्धा हुने भएको छ ।

नेपाली कांग्रेस जिल्ला सभापतिका लागि तत्कालीन जिल्ला विकास समितिका पूर्वसभापति जनार्दनसिंह क्षेत्री र कांग्रेसका निवर्तमान जिल्ला सचिव श्याम पटेलबीच प्रतिस्पर्धा हुने भएको हो । क्षेत्रीलाई संस्थापन पक्षका केन्द्रीय सदस्यद्वय रमेश रिजाल र अजय चौरसियाको समर्थन रहेको छ । पटेललाइ भने संस्थापन इतर पक्षका कांग्रेस निवर्तमान जिल्ला सभापति अजय द्विवेदी र संविधानसभा सदस्य राजेन्द्र बहादुर अमात्यको समर्थन रहेको छ। ७ पदाधिकारीसहित ६८ सदस्यीय जिल्ला कार्य समितिका लागि क्षेत्री र पटेल दुवै पक्षले छुट्टा–छुट्टै समूह बनाइ मंगलबारउम्मेदवारी दर्ता गराएका छन् । क्षेत्रीको समूहबाट जिल्ला उपसभापतिमा रामनारायणप्रसाद कुर्मी र अशोककुमार गुप्ता, सचिवमा दिनेश चौधरी र इम्तियाज आलमको उम्मेदवारी परेको छ ।

यस्तै सहसचिवमा क्षेत्रीको समूहबाट नविन सिंह र मदनप्रसाद यादवकाउम्मेदवारी परेको छ । पटेलको समूहबाट उपसभापतिमा राजु गुप्ता र डाक्टर कृपासिन्धु चौधरीले उम्मेदवारी दिएका छन् । पटेलको समूहबाट सचिवमा विश्वराज घिमिरे र वीरेन्द्र यादवको उम्मेदवारी परेको छ। यो समूहबाट सहसचिवमा दिलिपराज कार्की र रुक्मानअन्सारीले उम्मेदवारी दिएका छन् । फागुन १९ गते हुने कांग्रेस पर्साको जिल्ला अधिवेशनको चुनावमा १ हजार ८ सय मतदाता रहेको कांग्रेसका जिल्ला निर्वाचन अधिकृत नरेन्द्र केसीले जानकारी दिए । यसअघि गत शनिबार भएको कांग्रेसको वीरगञ्ज महानगरको अधिवेशनले नगरसभापतिमा संस्थापन इतर पक्षका मणिन्द्रलाल नेपाली निर्वाचित भएका थिए । बारामा पनि नेपाली कांग्रेस बाराको नयाँ नेतृत्व चयनका लागि फागुन २१ गते चुनाव हुने भएको छ ।

बारामा उम्मेदवारी दर्ता भने विहीबार हुने जनाइएको छ । फागुन २१ गते हुने मतदानमा २ हजार ४ सय ८६ जना मतदाताले भाग लिनेछन् । बारा जिल्लाको कांग्रेस सभापतिका लागि कलैया उपमहानगरपालिका नगरप्रमुख राजेशराय यादव, नेता शम्भु बुढाथोकी र रामानन्द यादवले उम्मेदवारी दिने चर्चा छ ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published.