१९ फाल्गुन २०७८प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई गठबन्धनले संसदको अवरोध अन्त्य गर्न आग्रह गरेको छ।
चार दलका शीर्ष नेताहरु रहेको समन्वय समितिको बैठकमा संसद लामो समयदेखि अवरुद्ध हुँदा नागरिकता लगायतका विधेयक रोकिएको भन्दै संसदको अवरोध अन्त्य गर्न आग्रह गरेको हो।
लामो समयसम्म अवरोध हुँदा संसदबारे जनतामा नकारात्मक धारणा बन्नसक्ने भन्दै एमालेलाई उक्त आग्रह गरिएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए।

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।