२०७८ फागुन २० गते
चितवनको भरतपुर महानगरपालिका-६ स्थित जयनेपाल चोकमा ट्याक्टरको ठक्करबाट ट्राफिक प्रहरीका एकजना सईको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका-१४ राधापुर घर भई जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा कार्यरत सई अर्जुन पौडेलको गएराति मृत्यु भएको हो ।

गएराति ९ बजेतिर महेन्द्र चोकबाट चोक बजारतर्फ जाँदै गरेको ना ४ त ८८२९ नम्बरको ट्याक्टरले ना १६ प ३१५ नम्बरको मोटरसाइकलमा सवार पौडेललाई ठक्कर दिएको थियो । पौडेलको घटनास्थलमै मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

ट्याक्टरसहित चालकलाई इलाका प्रहरी कार्यालय गितानगरले नियन्त्रणमा लिएको छ ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published.