२०७८ फागुन २५ गते
काठमाडौंको चन्द्रागिरि नगरपालिका–१ मा कुखुराको खोरमा अड्किएको अवस्थामा चितुवा फेला परेको छ ।
खोरमा खुट्टा अड्किएको अवस्थामा फेला परेको चितुवालाई डिभिजन वन कार्यालय हात्तीसारको टोलीले उद्धार गरेको छ ।
सो चितुवालाई उद्धार गरेर सदर चिडियाखाना जावलाखेल पठाइएको महानगरीय प्रहरी प्रभाग बलम्बुले जनाएको छ ।
गएराति करिब नौ बजेतिर चितुवा अड्किएको अनुमान छ । सो चितुवालाई करिब १२ घण्टा पछाडि आज बिहानमात्र उद्धार गरिएको छ ।
सदर चिडियाखाना लगेर चितुवाको स्वास्थ्य जाँच गरिने र जंगलमा छाड्ने/नछाड्ने बारे निर्णय लिइने वन कार्यालयका अधिकारीहरुलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।