२०७८ फाल्गुन २५, बुधबार
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ इतिहासकै सबैभन्दा उच्च मूल्यमा पुगेको हो ।

महासंघले नेपाली बजारमा आजै प्रतितोला २५ सय रुपैयाँले बढेको जानकारी दिएको छ । एकै दिन उच्च मूल्यले बढ्दै छापावाल सुनको भाउ प्रतितोला १ लाख ५ हजार ५०० रुपैयाँ पुगेको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।यसअघि, गत वर्ष २०७७ साल साउन २३ गते सुनको मूल्य १ लाख ३ हजार ५०० रुपैयाँसम्म पुगेको थियो । त्यसयता निरन्तर घट्दै प्रतितोला ८८ हजार रुपैयाँसम्म आइपुगेको सुन फेरी बढेर १ लाख ५ हजारभन्दा बढी पुगेको हो ।

यसैगरी, आज चाँदीको मूल्य प्रतितोला १४ सय ५० रुपैयाँ पुगेको छ । हिजो तोलामा १४ सय १० रुपैयाँले कारोबार भएको चाँदी आज एकै दिन प्रतितोला ४० रुपैयाँले बढेको हो ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *