२६ फाल्गुन २०७८
स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मृत्यू पश्चातको अंगदान गर्न आग्रह गरेका छन्। बिहीबार विश्व मृगौला दिवसको अवसरमा विभिन्न संघसंस्थाले संयुक्त रुपमा आयोजना गरेको प्रभातफेरी लगायतका कार्यक्रममा भाग लिदै मन्त्री खतिवडाले मृत्युपश्चात अंगदान गर्न सबैलाई आग्रह गरेका हुन्।
मृत्यूपश्चातको अंग दान गरेमा मृगौला पीडितहरुले पनि धेरै सुविधा पाउने उनले बताए। मन्त्री खतिवडाले पहिले मृगौला दान गर्न पाउने समूह साँघुरो भएको उल्लेख गर्दै हाल सरकारले सो समूहलाई ठूलो बनाएको बताए। नाता पर्नेजति सबैले मृगौला दान गर्न सक्ने उनले स्पष्ट पारे।
मन्त्री खतिवडाले मृगौला प्रत्यारोपण गरेका व्यक्तिहरु पनि मृगौला नफेरेका व्यक्तिहरु जस्तै स्वस्थ हुनसक्ने भन्दै आत्तिनु नहुने बताए। मृगौला प्रत्यारोपण गरेका व्यक्तिहरुले चिन्तित भएर आफूलाई कमजोर बनाउनु नहुने उनको भनाई छ। १० मार्चको दिन मनाइने विश्व मृगौला दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ।

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।