२०७८ फागुन २६ गते
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले हेटौंडा सिमेन्ट उद्योगको महाप्रबन्धक पदका लागि १२ जनाको आवेदन स्वीकृत गरेको छ ।

छनोट समितिको बुधबार बसेको बैठकले प्राप्त दरखास्त मध्ये स्वीकृत उम्मेदवारलाई अन्तर्वार्तामा बोलाउने निर्णय गरेको हो । समितिले भरत रेग्मी, उदयकुमार गुप्ता, कुमार खड्का, कृष्णप्रसाद यादव, घनश्याम न्यौपाने र दिनेशकुमार यादवलाई अन्तर्वार्ताका लागि छनोट गरेको छ ।

यस्तै नवीनकुमार कर्ण, बसन्तकुमार पाण्डे, भुपेन्द्रप्रसाद अर्याल, राजकुमार चौधरी, राम किसुन गिरी र सन्तोषकुमार तामाङ पनि अन्तर्वार्ताका लागि बोलाइएका उम्मेदवार हुन् । अन्तर्वार्ताको समय तालिका पछि सार्वजनिक गरिने मन्त्रालयले जनाएको छ ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *