२०७८ फाल्गुन २७, शुक्रबार
मधेश आन्दोलनमा सहादत दिएका सहिदहरुको सालिक सहितको सहिदद्वारको शुक्रवार उद्घाटन हुने भएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाले निर्माण गरेको सहिदद्वार जनकपुरधामको उत्तरी प्रवेशद्वार मुजेलियामा रहेको छ ।भगवान रामको पूर्ण कदको प्रतिमा सहितको धनुषाकार द्वारको बीचमा सहिद निकु यादव, दिलिप यादव र सञ्जय चौधरीको शालिक राखिएको छ ।उनीहरु मधेश आन्दोलनको क्रममा जनकपुरधाममा सहिद भएका थिए ।

तीनै जनाको अन्त्येष्टि गरिएकै स्थल नजिक निर्माण गरिएको द्वारको दुबै तर्फ मधेश आन्दोलनका अन्य सहिदहरुको विवरण उल्लेखित स्तम्भहरु राखिएका छन् । जनकपुरधाम उपमहानगरपालिकाको ४ करोडको लागतमा सहिदद्वारको निर्माण भएको बताइएको छ ।द्वारको उद्घाटन नगर प्रमुख लालकिशोर साहले गर्ने छन् ।मधेश आन्दोलनका सबै सहिदहरुलाई समेटिएको यो पहिलो स्थल हो ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *