२०७८ फाल्गुन २७, शुक्रबार
११ औं वार्षिकोत्सवको अवसरमा सेन्चुरी कमर्सियल बैंक मलंगवा शाखाले मलंगवा नगरपालिका–८ मा रहेको बाल मन्दिरको बालगृहमा खाद्यान्न सामग्री सहयोग गरेको छ । बैंकले वार्षिकोत्सव मनाउने क्रममा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विहीबार बिहान जिल्ला बाल संगठनका अध्यक्ष शमिमबाबु खानको सभापतित्वमा एक कार्यक्रमको आयोजना गरी बालगृहमा आश्रित अभिभावक विहीन बालबालिकाहरुलाई खाद्यान्न सहयोग गरेको हो ।

जिल्ला बाल संगठनका पदाधिकारी, स्थानीय समाजसेवी, बुद्धिजिवी, सेन्चुरी कमर्सियल बैंक मलंगवा शाखाका कर्मचारी लगायतको उपस्थितिमा शाखा प्रबन्धक राधेश्याम प्रसाद साहले आलु १ सय किलो,प्याज ५० किलो,चामल ६ बोरा,दाल १५ किलो,खाने तेल १० लिटर,बिस्कुट २ कार्टुन,चाउचाउ ५ कार्टुन र १० किलो नुन संगठनका अध्यक्ष खानलाई हस्तान्तरण गरेका थिए । नेपालको सुगमदेखि दुर्गम क्षेत्रसम्मका नागरिकहरुलाई बैंकिङ सेवा दिने उद्देश्यले संचालनमा ल्याएको यस बैंकको देशभरि हाल १ सय २८ वटा शाखाहरु रहेको छ । सो मध्ये काठमाण्डुमा मात्र २५ वटा शाखाहरु संचालनमा रहेको छ ।

त्यसै गरी १० वटा एक्सटेन्सन काउन्टरको साथै २५ शाखारहित बैंकिङ तथा १सय ७ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको मलंगवा शाखाका प्रबन्धक साहले जानकारी दिए । उनले अबको केही दिन भित्रै सर्लाहीमा मलंगवा र गोडैता शाखापछि तेस्रो शाखाको रुपमा लालबन्दीमा पनि शाखा संचालनमा ल्याउने तयारी भइसकेको जानकारी गराए । बाल मन्दिरको प्रांगणमा सम्पन्न भएको खाद्यान्न वितरण कार्यक्रमको संचालन बाल मन्दिरका लेखापाल रामलखन महतोले गरेका थिए ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *