२०७८ फागुन २९ गते
भेरी नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता भएका छन् । सुर्खेतको भेरिगङ्गा नगरपालिका-११ रामघाटस्थित भेरी नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता भएका हुन् ।

शनिबार साँझ उनीहरू नुहाउने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । स्थानीयका अनुसार बेपत्ता हुनेमा भेरीगङ्गा नगरपालिका-११ का १० वर्षीया गङ्गा खड्का, आठ वर्षीया कृष्णा सिजाली र १० वर्षीय दिनेश बुढा रहेका छन् ।

बेपत्ता बालबालिकाको नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयले खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) रामप्रसाद घर्तीले जानकारी दिए।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *