२०७८ फाल्गुन २९, आईतवार
जनता समाजवादी पार्टी (जसपा) को सङ्घीय परिषद्को शनिवार भएको बैठकमा परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईले ऐतिहासिक रूपले पछाडि पारिएको मधेशका जनताको आकांक्षा र आवश्यकताको तुलनामा सरकारका उपलब्धिहरूबाट सन्तुष्ट हुने अवस्था नरहेको बताएका छन् ।

परिषदको बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै भट्टराईले भने, ‘मधेस सरकारले निष्ठा र प्रतिबद्धताका साथ जनमुखी कामहरू गर्ने प्रयत्न गरिरहेको छ । फेरि पनि ऐतिहासिक रूपले पछाडि पारिएको मधेशका जनताको आकांक्षा र आवश्यकताको तुलनामा सरकारका उपलब्धिहरूबाट हामी पूर्ण रूपले सन्तुष्ट हुने अवस्था छैन ।’ पार्टीको केन्द्रीय समितिको बैठक आइतवारदेखि बस्ने भएकाले भट्टराईको प्रतिवेदनलाई सुझावसहित पारितगर्दै अबेर राती बैठक सम्पन्न भएको छ ।प्रतिवेदनमाथि सामूहिक रुपमा छलफल भएको थियो ।

२०७७ वैशाख १० गते समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकता भएर विभाजन समेत भइसकेपछि कायम रहेको जसपा पार्टीको पहिलो सङ्घीय परिषद् बैठक बसेको हो । जसपाको केन्द्रीय समितिको बैठक बस्ने पूर्वसन्ध्यामा परिषदको बैठक बसेको हो ।गत १३ गतेदेखि ४ दिन सम्म चलेको कार्यकारिणी समिति बैठकमा केन्द्रीय परिषद र केन्द्रीय समितिको बैठक बोलाउनु पर्ने प्रस्ताव आएपछि दुबै बैठक बोलाउने निर्णय गरिएको थियो ।

कांग्रेस र कम्युनिष्टको ब्रान्ड नामबाहेक कांग्रेस र एमालेको नीतिमा भिन्नता नभएको प्रतिवेदनमा उल्लेख गरेका भट्टराईले उत्पीडित राष्ट्रियताहरुको पहिचान, अधिकार र मुक्ति, शासकीय स्वरुप र निर्वाचन प्रणाली परिवर्तनको प्रश्नमा माओवादी केन्द्र कांग्रेस र एमालेभन्दा थोरै लचिलो र उदार देखिएको उल्लेख गरेका छन् । तराई÷मधेशमा जम्न थालेको जनमत पार्टीको वास्तविक राजनीतिक अभीष्ट के हुन् भन्ने अझै प्रस्ट नभएको भटट्राइको प्रतिवेदनमा उल्लेख छ । बैठकमा भट्टराईले पार्टी विभाजन गर्न लागेको आरोपलाई अस्वीकार गर्दै सीता जस्तै कयौं पटक अग्नि परीक्षा दिन तयार रहेको प्रष्टीकरण दिएका थिए । केन्द्रीय समितिका अध्यक्ष उपेन्द्र यादवले पार्टीको विभिन्न घटनाक्रमबारे उल्लेख गर्दै राजनीतिक प्रतिवेदनमा संशोधनका लागि सुझाव दिएका थिए ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published.