२०७८ फाल्गुन २९, आईतवार
साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलाको २०० रुपैयाँले बढेर एक लाख दुई हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि, गत साताको अन्तिम दिन शुक्रबार सुन तोलाको एक लाख दुई हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । आइतबार तेजावी सुनको मूल्य तोलाको एक लाख दुई हजार ३०० रुपैयाँ निर्धारण गरिएको छ ।
चाँदीको मूल्य पनि तोलमा १० रुपैयाँले बढेको छ । शुक्रबार एक हजार ४१५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार एक हजार ४२५ रुपैयाँमा निर्धारण भएको छ ।

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।