२०७८ फागुन २९ गते
मोरङको सुन्दरहरैचा–७ की २१ महिने एक बालिकाको मृत्युको घटनामा प्रहरीले दुई जनालाई पक्रेको छ । घटनामा संलग्न भएको अभियोगमा प्रहरीले स्थानीय अजय चौधरी र मिथुन चौधरीलाई पक्राउ गरेको छ । प्रहरी स्रोतका अनुसार पक्राउ परेका दुवै जना नाबालिकाकी छिमेकी हुन् ।

जिल्ला प्रहरी प्रमुख एसपी जनार्दन जीसीले दुई युवकलाई पक्राउ गरिएको जानकारी दिंदै उनीहरुलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने जानकारी दिए ।

शुक्रबार साँझ घरबाट हराएकी २१ महिने बालिका घर नजिकैको घारीमा अर्धचेत अवस्थामा भेटिएकी थिइन् । उनको उपचारको क्रममा शनिबार बिहान नोबेल मेडिकल कलेज विराटनगरमा मृत्यु भएको थियो ।

यौनांगमा रक्ताम्य अवस्थामा फेला परेकी ती बालिकाको बलात्कार भएको आशंका गरिएको सुन्दरहरैचा–७ का वडा अध्यक्ष चैतन्य सिटौलाले बताए ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *