२०७८ चैत्र ७, सोमबार
प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन तोकिएकै समयमा हुने बताएका छन् ।

मोरङको सुन्दर हरैचा नगरपालिकाको प्रशासनिक कार्यलयको आज शिलान्यास गदै प्रधानमन्त्री देउवाले बैशाख ३० मा हुने निर्वाचनका लागि निर्वाचन आयोगले काम गरिरहेको बताएका छन् ।

सरकार तोकिएकै मितिमा निर्वाचन गराउने पक्षमा दृढ रहेको देउवाको भनाई छ । उनले कुनैपनि बहानामा चुनाव नसर्ने भन्दै तोकिएको समयमा चुनाव हुनेमा आशंका नगर्न समेत आग्रह गरेका छन् ।

प्रधानमन्त्री देउवाले मोरङको लेटाङ घटनामा महिला प्रहरीको हत्याको विषयमा सरकार गम्भीर रहेको भन्दै घटनाको निष्पक्ष छानबिन गरि दोषीलाई कारवाही गर्ने बताएका छन् ।

मेयर शिव ढकालका अनुसार नेपाल सरकारले उपलब्ध गराएको ४ विघा ८ कठठा क्षेत्रफलमा २७ करोडको लागतमा नगरको प्रशासनिक कार्यलय भवन निर्माण हुन लागेको हो ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *