९ चैत्र २०७८
लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो रंगको पदार्थसहित दुई जना पक्राउ परेका छन्। दक्षिणकाली नगरपालिका ५ फर्किङ पोष्टबाट उनीहरुलाई नेपाल प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा झापा साविक अनारमनि ३ हाल विर्तामोड नपा ६ भई काठमाडौँ मच्छेगाँउ बस्ने ३१ वर्षीय विनोद चौधरी र विरगञ्ज महानगरपालिका २९ घर भई काठमाडौँ कलंकी बस्दै आएका २० वर्षीय रमेश यादव रहेकाछन्।

फर्किङ चेकपोष्टमा खटिएका प्रहरीले हेटौंडाबाट काठमाडौँ आउँदै गरेको ना १ ज ३९९१ नम्बरको भाडाको टाटा सुमो चेकजाँच गर्दा व्यागमा सेतो प्लाष्टिकले बेरेको अवस्थामा ४७ ग्राम लागूऔषध बरामद गरेको हो। पक्राउ परेका व्यक्ति उपर लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम महानगरीय प्रहरी बृत्त कीर्तिपुरले अनुसन्धान गरिरहेको छ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *