९ चैत्र २०७८
भक्तपुरमा शववाहनसँग ठोक्किएर मोटरसाइकल जलेको छ भने चालक घाइते भएका छन्। भक्तपुरको लोकन्थलीमा शववाहन र मोटरसाइकल एकआपसमा ठोक्किएपछि मोटरसाइकलमा आगो लागेको थियो।
सिन्धुपाल्चोकबाट शव लिएर पशुपतिस्थित आर्यघाट आउँदै गरेको प्रदेश ३–०१ ०२३ च २३५६ नम्बरको शववाहन र विपरीत दिशामा रहेको बा ५२ प ५३८५ नम्बरको मोटरसाइकल आज बिहान ठोक्किएका थिए।
दुर्घटनामा परेर ओखलढुंगा घर भएका ३९ वर्षीय भेषकुमार शर्मा घाइते भएका हुन्। उनको समिट अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।