१४ चैत, काठमाडौं ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको २० सदस्यीय कार्यसम्पादन समिति गठन गरेका छन् ।
पार्टी अध्यक्ष, उपाध्यक्ष, महामन्त्री र केही वरिष्ठ केन्द्रीय सदस्य समावेश गरी कार्यसम्पादन समिति गठन गरेका हुन् ।राप्रपाको विधानमा ३३ जनाको केन्द्रीय कार्यसम्पादन समिति रहने व्यवस्था छ । अब बाँकी १३ जना पनि छिट्टै मनोनयन गरिने प्रवक्ता मोहन श्रेष्ठले बताएका छन् ।
कार्यसम्पादन समितिको सूची
१. अध्यक्ष राजेन्द्र लिङ्देन
२. उपाध्यक्ष बुद्धिमान तामाङ
३. उपाध्यक्ष बिक्रम पाण्डे
४. उपाध्यक्ष ध्रुब बहादुर प्रधान
५. उपाध्यक्ष रोशन कार्की
६. उपाध्यक्ष हेमजङ्ग गुरुङ
७. उपाध्यक्ष मुकुन्द श्याम गिरी
८. महामन्त्री डा.धवल शमशेर राणा
९. महामन्त्री भुवन पाठक
१०. महामन्त्री कुन्ती कुमारी शाही
११. महामन्त्री राजेन्द्र गुरुङ
१२. महामन्त्री प्रल्हाद साह
१३. केन्द्रीय सदस्य दीपक बोहोरा
१४. केन्द्रीय सदस्य नवराज सुवेदी
१५. केन्द्रीय सदस्य हरि बहादुर बस्नेत
१६. केन्द्रीय सदस्य बालाराम घर्ती मगर
१७. केन्द्रीय सदस्य जयन्त चन्द
१८. केन्द्रीय सदस्य टंक ढकाल
१९. केन्द्रीय सदस्य ठाकुर प्रसाद शर्मा
२०. केन्द्रीय सदस्य ऋषि बाबु परियार

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।