१७ चैत्र,२०७८ /रौतहट
गौर नगरपालिकामा बरहबा पुलभन्दा पुर्व अवस्थित तीन पुस्तादेखि भोग गर्दै आएको जग्गा मेयर नजिकको मान्छे भन्ने राजिव ठाकुरले अधिग्रहण गरेको छ।साविक गौर नगरपालिका वासी श्री नारायण यादवले बताए कि आप्नो बाबुबाजेले भोग गर्दै आएको लालपुर्जामा पाँच कठा दस धुर र भोगमा छ कठा रहेको जग्गामा गरेर जीवन र परिवारको पालनपोषण गर्दै अवस्थामा माधोपुर निवासी संजय ठाकुर तथा राजिव ठाकुरले मभन्दा पश्चिममा अरु किताबाट दस धुर जग्गा खरिद गरी मेरो नक्सा काटिएको जग्गामा जबरजस्ती बल लगाएर पाँच धुर जग्गा अधिग्रहण गरेकोछ। आफ्नो हकमा नरहेको जग्गा अधिग्रहण गरेको कुरा सर्वविदित तथ्य सार्वजनिक भएको छ। म श्री नारायण यादवले यस्तो अन्याय नगर्न आग्रह गर्न जादा धाकधम्की दिएर जबरजस्ती बल प्रयोग गरेको देखिन्छ।

म श्री नारायण यादवले आफ्नो जग्गा किता नं २३६ बाट भएको अधिग्रहण जग्गामा जबरजस्ती बल प्रयोग गरेर नयाँ घर निर्माण गरिरहेको अवस्थामा मेरो जग्गा जोगियोस भन्ने उद्देश्यले अदालतमा घर निर्माण रोक्का मुदा गर्दा पनि गौर नगरपालिकाको ठुलो भन्ने राजिव ठाकुरले असामाजिक तत्वको सहयोग लिएर घर निर्माण काम जारी राखेको छ। आफ्नो जग्गामा सिमीत रहन म श्री नारायण यादवले भन्न जाँदा कुरा नमानेर असामाजिक तत्वलाई बोलाएर मलाई मारपिट गर्ने धमकि राजिव ठाकुरले दिदै आईरहेको छ। सम्बन्धित न्यायपालिका र जनताले अधिकार लिलाउनमा मदत गरोस भन्ने सहयोग यस मिडियाबाट माग गर्दै छु।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *