२०७९ वैशाख १२ गते
नेपाली कांग्रेसले सुनसरीका दुई उपमहानगरपालिकाको मेयरको टुंगो लगाएको छ ।
इटहरीमा हेमकर्ण पौडेल र धरानमा किशोर राईलाई उम्मेदवार चयन गरेको कांग्रेसको प्रदेश १ समितिका महामन्त्री उमेश थापाले जानकारी दिए ।
इटहरीमा मेयरको उम्मेदवार चयन भएका पौडेल नेता डा. शेखर कोइराला निकट हुन् । अघिल्लो पटक पनि मेयरको दाबी गरेका उनी उम्मेदवार हुन पाएका थिएनन् । पौडेल इटहरी नगरका कांग्रेस सभापति समेत हुन् ।
धरानमा मेयरको टिकट पाएका राई सभापति शेरबहादुर देउवा पक्षका हुन् । गत अधिवेशनमा उनी नगर सभापतिमा पराजित भएका थिए ।

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।