२०७९ वैशाख १२ गते
नेपाल भारत सीमा क्षेत्र रुपैडिहामा ९० लाख रुपैयाँ बराबरको चरेससहित एक नेपाली पक्राउ परेका छन् ।
भारतीय सीमा क्षेत्रमा रहेको आदर्श थाना रुपैडिहाका अनुसार दुई किलो नौ सय ग्राम चरेससहित बर्दियाका एक व्यक्ति पक्राउ पक्राउ परेका हुन् ।
भारतीय प्रहरीले लागुऔषध तस्कारी रोकथामका लागि चलाएको अभियान दौरान गस्तीमा रहेको टोलीले भारतीय सीमा क्षेत्र पचपकडी गाउँमा शंका लागेर जाँच गर्दा बर्दिया गुलरियाका छविलाल देवकोटालाई चरेससहित पक्रेको भारतीय प्रहरीलाई उदृत गर्दै भारतीय पत्रकार सन्तोष शुक्लाले जानकारी दिए ।
थाना रुपैडिहाका प्रभारी निरीक्षक प्रमोदकुमार त्रिपाठीको कमाण्डमा खटिएको गस्ती टोलीले गुलरिया नगरपालिका वडा नं. १४ का देवकोटालाई नेपाल भारत पिलर नम्बर ६५२/१५ नजिकैबाट पक्राउ गरेको हो ।
प्रहरीले वरामद गरेको चरेसको मुल्य डेढ १ करोड नेपाली रुपैयाँ बराबर रहेको अनुमान छ ।

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।