१२ वैशाख २०७९
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट काठमाडौं महानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवारले आज मनोनयन दर्ता गराएका छन्।

काठमाडौं महानगरको मेयरमा सिफारिस कलाकार मदनदास श्रेष्ठ र उपमेयरमा सिफारिस विनिता मगैयाले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने आज अन्तिम दिन विभिन्न पार्टीका उम्मेदवारहरु उम्मेदवारी दर्ता गर्न सम्बन्धित जिल्ला निर्वाचन कार्यालय पुगेका छन्।

यस्तै राप्रपाले ललितपुर महानगरको मेयरमा अष्ट महर्जन, उपमेयरमा स्वर्णिमा शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने विरगंज महानगरको मेयरमा गिरिश गिरी र उपमेयरमा बीना जयसवाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

यस्तै पोखरा महानगरको मेयरमा शंकर खराल र उपमेयरमा रन्जु सेनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *