१८ वैशाख २०७९
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफ्नै दलको नेतृत्वको सरकारले गरेको आईजीपी नियुक्तीलाई ‘विधिको शासनको खिल्ली उडाउने काम’ भन्दै टिप्पणी गरेका छन्।
कोइरालाले आइतबार दिउँसो २ः५५ मा ट्वीट गर्दै वरियता र प्रक्रिया मिचेर नेपाल प्रहरीको आइजीपी नियुक्त गर्ने सरकारको निर्णयले विधिको शासनको खिल्ली उडाउने भन्दै टिप्पणी गरेका हुन्।
‘सरकारको यो निर्णयले सिंगो प्रहरी संगठनलाई फेरि एकपटक बिवादमा ल्याएको छ,’ उनले ट्वीटमा भनेका छन्।
आइतबारको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको महानिरीक्षकमा धिरजप्रताप सिंहलाई नियुक्त गरेको छ।

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।