२९, बैशाख २०७९, सर्लाही
सर्लाही – रामनगर गाउँपालिकाको भुतपूर्व गा.पा. अध्यक्ष स्व. कृष्ण प्रसाद वर्माका छोरा राहुल वर्माले रामनगर गाउँपालिकाको गा.पा. अध्यक्ष पदमा स्वतन्त्र उमेदवारी दिएका हुन्।
बैशाख ३० गते हुन् लागेको स्थानीय निर्वाचनमा घरदैलो कार्यक्रममा भोट माग्दै भने कि मेरो बुवाले जुन सपना रामनगर गाउँपालिकाको जनताको भलाईका लागि देखेका देखेका थिए। त्यो बिचार धारालाई अनुसरण गर्दै गाउँपालिकामा देखिएको वैधानीक भ्रष्टाचार र अवैधानीक भ्रष्टाचार निरमुल गर्ने छु । जनता संग बाचा अनुसार काम गर्छु । जनताको गुनासो र जनअपेक्षा अनुसार बिकास निर्माणको काम अगाडि बढाउने छु ।
सर्वसाधारण जनताको भावना अनुसार कामहरु अगाडी बढाउने उनले बताए। आउने निर्वाचनमा जनताले बिजय गरायो भने मेरो मुख्य एजेन्डा शिक्षा स्वास्थ र कृषि रहने प्रतिबद्धता व्यक्त गर्नु भयो । मेरो चुनावी माहोल ठिक छ जनताले मुल्यांकन गरेको छ,आफुलाई जनताले बहुमतले जिताउनु हुन्छ पुर्ण बिस्वस्त रहेको बताए।

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।